काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज सोमबार प्रधानमन्त्री निवासमा झण्डै डेढ घण्टा भेटवार्ता भएको छ । भेटवार्ताको विस्तृत विवरण आउन बाँकी छ । आजको वार्ता भोलि विहान फेरि बस्ने गरी टुंगाइएको हो । नेकपा स्थायी समिति बैठक भोलि ११ बजे बस्दै छ ।
दुई अध्यक्षबीचको आजको वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए । अध्यक्ष दाहालका तर्फबाट ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा सहभागी भएका थिए ।
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
Comments