काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेरअघिबाट दुई अध्यक्षबीच छलफल शुरु भएको हो ।
पछिल्लो समय देखिएको पार्टी भित्रको विवाद बारे छलफल हुने बताइएको छ । स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष प्रचण्डसहित अधिकांश नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि विवाद चर्किएको थियो ।
अहिले जारी बैठकमा दुवै अध्यक्षसहित महासचिव विष्णु पौडेलसमेत उपस्थित रहेको बताइएको छ । पार्टी फुटको संघारमा पुगेको भन्दै देशभरका नेकपाका कार्यकर्ताले चिन्ता प्रकट गरिरहेको बेला आजको यो बैठकलाई निर्णायक बैठक भनिएको छ ।
प्रकाशित मितिः २०७७ असार १९ शुक्रबार
Comments