काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज पनि जारी छ । आज बिहान ११ बजेपछि बालुवाटारमा बैठक सुरु भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा केहीबेर सहभागी भएर बाहिरिएका छन् । उनी शुक्रबारको बैठकमा अनुपस्थित भएपछि नेताहरुले उनको आलोचना गरेका थिए।
स्वास्थ्यमा समस्या भएका कारण ओलीले पूरा समय बैठकमा बस्न नसकेको अर्का अध्यक्ष पुष्पकमल दाहालले समिति सदस्यहरुलाई जानकारी गराएका थिए ।
आजको बैठकमा पनि सीमा विवादबारे समिति सदस्यहरुले धारणा राख्ने कार्यतालिका छ । त्यसपछि कोरोना महामारी रोकथामबारे भइरहेका प्रयासबारे छलफल हुने एक नेताले जानकारी दिए।
प्रकाशित मितिः २०७७ असार १३ शनिबार
Comments