भक्तपुर । उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा सेना परिचालन गरी सिल गर्नु पर्ने माग गरेको छ ।
फोरमका प्रवक्ता एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपत्यकामा कोरोना संक्रमित थपेपछि उपत्यका प्रबेश गर्ने ६ वटा नाकाहरुमा सेना परिचालन गरि उपत्यकामा सिल गर्नु पन माग गरेका हुन् ।
सरकारले सम्पूर्ण जारी गरेको सवारी पास रद्द गरेपनि मन्त्री, जनप्रतिनिधि र प्रहरीका उच्च ओहादाको पहुँच र पावरका आधारमा उपत्यका प्रवेशको क्रम अझै नरोकिएको उनले बताए ।
सरकारले वैशाख २६ गते लकडाउन केही खुकुलो बनाएपछि उपत्यकामा संक्रमितको संख्या बढेसँगै उपत्यका जोखिम भएको उनले आरोप लगाए ।
मध्यपुर नगरपालिका भित्र पनि संक्रमित देखेपछि नगरपालिकाभित्र जेठ १ गतेदखि अत्यावश्यकका पसलहरुसमेत बिहान ९ बजेसम्म खोल्न पाउने, राजमार्ग बाहेकका भित्री सडकहरु सिल गर्ने, उपत्यकाका बाहिरबाट आएका कोठामा बस्नेहरुलाई तत्काल प्रवेश नदिने र आई आएमा नगरपालिकालाई खबर गर्नुपर्ने र यसो नगरिए घरबेटीलाई कारबाही गर्न सम्बन्धित कार्यालयमा सिफारिस गर्न निर्णय गरेको थियो ।
आज नगरपालिकाले सोही निर्णय बमोजिम अनुगमन गरेको छ ।
प्रकाशित मितिः २०७७ जेठ २ शुक्रबार
Comments