हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन आज रातिबाट अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको त्रासका कारण संघीय सरकारले जारी गरेको २५ जना भन्दा बढि भेला हुन नपाउने निर्देशनअनुसार प्रदेश सभाको बैठक आज राती १२ बजेबाट नगर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
कोरोनाको संक्रमणबाट बच्न प्रदेश सभाको बैठक अन्त्य गर्न सांसदहरुले माग गर्दै आएका थिए ।
प्रकाशित मितिः २०७६ चैत्र ०६ बिहीबार
Comments