काठमाडौं । नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूबीच पार्टीको १४ औं महाधिवेशनको मिति कायम राखेर अन्य कार्यतालिका हेरफेर गर्ने समझदारी बनेको छ।
पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न सोमबार केन्द्रीय कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच भएको छलफलमा २०७७ फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने अन्तिम मितिलाई यथावत राखेर अन्य कार्यतालिका संशोधन गर्न नेताहरू सहमत भएका हुन्।
तल्लो तहमा अधिवेशनको कार्यतालिका कति र कहिलेका लागि सार्नेसहितका विषयमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसतिहका नेताहरूसहितको बैठकले टुंगो लाग्ने भएको छ।
नेता पौडेल पक्षको नेतृत्व गर्दै बैठकमा सहभागी पूर्वमहामन्त्री सिंहले देउवा र पौडेलसहितका नेताबीचको छलफलपछि मात्र कार्यतालिका कति सार्ने भन्ने निर्णय गर्नु उपयुक्त हुने प्रस्ताव गरेको स्रोतको दाबी छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार
Comments