काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि सभामुख पद रिक्त थियो । प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार
Comments