काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले सूचना प्रविधि विधेयकविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर विरोध गर्ने कांग्रेस केन्देको निर्धारित कार्यक्रम थियो । सोही अन्तर्गत काठमाडौं जिल्ला समितिले पनि ज्ञापनपत्र बुझाएको सभापति बानियाँले जानकारी दिए ।
ज्ञापनपत्रमा सरकारले ल्याएको सूचना प्रविधि विधेयकले संविधानअनुसार नागरिकलाई प्राप्त स्वतन्त्रता हनन् हुने भन्दै सो विधेयकको विरोध गरिएको छ ।
काठमाडौंका सांसदहरु राजेन्द्र केसीसहित प्रदेश सांसद छिरिङ दोर्जे लामा, दिपेन्द्र श्रेष्ठ, राधा घले, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेसहित कांग्रेसका स्थानीय नेता कार्यकर्ता ज्ञापनपत्र हस्तान्तरण गर्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments