काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँग अलग्गै गोप्य भेटवार्ता गरेको कुटनीतिक मर्यादा र आचरण कुल्चेको टिप्पणी गरेका छन् ।
उनले मर्यादाको ख्याल नगरी भएको यो भेटवार्ताप्रति प्रश्न उठाउँदै ओपचारीक भ्रमण र वार्तामा पदीय हैसियतलाई जहाँ पनि ध्यान दिइने गरेको स्मरण गराएका छन् ।
‘प्रधानमन्त्रीले अर्को देशका विदेश मन्त्रीसँग अलग्गै गोप्य भेटवार्ता गर्नु कुटनीतिक मर्यादा र आचरण विपरीतको कार्य हो ।औपचारिक भ्रमण र वार्तामा पदीय हैसियत वा स्तर प्रोटोकललाई जहाँपनि ध्यान दिइन्छ । नेपाल जस्तो देशले विषय विज्ञ र सम्बन्धित कर्मचारी राखी वार्ता गर्नु उचित हुन्छ’, रावलले ट्विट गरेर भनेका छन् ।
प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार
Comments