काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरले भेटघाट गरेका छन्। बिहीबार बिहान नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित राष्ट्रपति निवास पुगेका जयशंकरले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन्।
उक्त भेटघाटमा भारतको सहयोगमा निर्माण सम्पन्न भइसकेका र हुने चरणमा रहेका परियोजनाहरूमाथि पनि छलफल हुनेछन् ।विदेशमन्त्री जयशंकर नेपाल—भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए। नेपाल भारत दुई पक्षीय बैठकमा सहभागी हुन आएका जयशंकर उच्चस्तरीय भेटघाट सकेर आजै अपरान्ह स्वदेश फिर्ता हुँदैछन् ।
प्रकाशित मितिः २०७६ भदौ ५ बिहिबार
Comments