काठमाडौँ ।पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न द्वारिकाज होटलमा पुगेका छन् ।
दुबै नेता भारतीय विदेशमन्त्री एस जयशंकरलाई उनी बसेकै होटलमा भेट्न पुगेका हुन् । भेटमा भट्टराई, यादव र जयशंकरबीच नेपाल भारतबीचको दुई पक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बताइएको छ ।
नेपाल भारत दुई पक्षीय बैठकमा सहभागी हुन आएका जयशंकर उच्चस्तरीय भेटघाट सकेर आजै अपरान्ह स्वदेश फिर्ता हुँदैछन् ।
प्रकाशित मितिः २०७६ भदौ ५ बिहिबार
Comments