काठमाडौं । विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार मध्यराति काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गरे । प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि पक्राउ गरेको छ ।
लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ ।
प्रकाशित मितिः २०७६ साउन ५ आइतबार
Comments