भक्तपुर । उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यो सरकार पाँच वर्षसम्म फेरबदल नहुने दाबी गरेका छन् । सूर्यविनायक नगरपालिकाको पाँचौं नगर सभाको शुभारम्भ गर्दै पोखरेलले यो सरकार विधिसम्वत ढंगले बनेकाले सरकार ढल्छ भन्ने हल्लाले अस्थिरता सिर्जना गर्न मात्र बताउँदै पाँच वर्षसम्म यही सरकारले निरन्तरता दिने बताए ।
नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्ने समेत रक्षामन्त्री पोखरेलको भनाई छ । यो सरकारले पहिलो वर्ष जग निर्माणको काम गरेको र दोस्रो वर्षमा नीति योजना र कार्यक्रम ल्याएर कार्यान्वयनको चरणमा रहेको बताए ।
विपक्षीहरुले दुई तिहाइको सरकारले केही काम गरेन भनेर अपवाह फैल्याउँदा हाम्रा पार्टीकै केही नेताहरुसमेत विपक्षीको भनाईको समर्थनमा लागेको उनको आरोप छ ।
रक्षामन्त्री पोखरेलले विकाश गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभएर सबै एक जुट भएर अगाडि बढ्नु पर्ने र हिजो निर्वाचनमा पराजित भएकालाई समेत समेटेर लानु पर्ने उनेका भनाई छ ।
सुखी नेपाली संम्वृद्ध नेपालको राष्ट्रिय आकाक्षा पुरा गर्न कृषि, उद्योग, पर्यटन, उर्जा र पूर्वाधार विकासमा केन्द्रित भएर काम गरिरहेको समेत प्रष्ट पारेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सभासद महेश बस्नेतले भक्तपुरको बिकास अव कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै उनले भक्तपुरमा ठूला मिडियाको भूमिका प्रति आक्रोश ब्यक्त गरे ।
कार्यक्रमा सूर्यबिनायक नगरपालिकाका प्रमुख बासु देव थापाले नगरपालिकाको नीति तथा कार्यक्रमा प्रस्तुत गरेका थिए ।
प्रकाशित मितिः २०७६ असार ९ सोमबार
Comments