काठमाडौं । संसदमा आर्थिक वर्ष २०७-६७७ का लागि मन्त्रालयगत रुपमा विनियोजन गरिएको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ आजदेखि सम्बन्धित मन्त्रीले दिँदैछन् ।
जेठ २८ गतेदेखि सुरु भएको मन्त्रालयगत छलफल बिहीबार सकिएपछि आजदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
आज पहिलो दिन पाँच मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूचि छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिनेछन् ।
त्यस्तै युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले पनि जवाफ दिने कार्यसूचि छ । विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम १० गतेसम्म चल्नेछ ।
सबै मन्त्रीले जवाफ दिएपछि विनियोजन विधेयक पारितको प्रक्रियामा जानेछ । विनियोजन विधेयक असार मसान्तसम्ममा पारित भइसक्नु पर्नेछ ।
प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार
Comments