काठमाडौँ । विश्व योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।
उनले प्राच्य संस्कृतिको अनुपम उपलब्धी योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस् भनि शुभकामना व्यक्त गरेका हुन् ।
विश्व योग दिवस शुक्रबार नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ।
प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार
Comments