भक्तपुर । भक्तपुरको सुयृविनायक नगरपालिका ८ दार्जिलिङ हाइृटबाट बिप्लव समूहका एक नेता पक्राउ परेका छन् । लुकेर बसेको अवस्थामा रामेछाप दोरम्बा गाउँपालीका-६ का ३६ वर्षीय अविलास भन्ने कुलदिप थापा मगर पक्राउ परेका हुन् ।
चेकजाँच गर्दा उनको साथबाट बिप्लव समुह भनि चिनिने नेपाल कम्युनिष्ट पाटीको विधान, विप्लब माओवादीको महाधिवेशन प्रतिनिधि कुलदिप थापा मगर अविलास लेखिएको परिचय पत्र, नेपाल कम्यूनिष्ट पाटी लेखिएको आर्थिक सहयोग रसिद थान ८, आठौं महाधिवेशनमा प्रस्तुत एवं पारित विधान २०७३ लेखिएका किताव थान २, नेपाल कम्यूनिष्ट पार्टी को लोगो भएको छाप, राजनैतिक प्रतिवेदन, नेकपा विप्लव सम्बन्धिका पर्चा पम्पलेट, आठ थान मोबाईल लगायतका सामानहरुसमेत बरामद भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरलेजनाएको छ ।
पक्राउ परेका उनीमाथि भक्तपुर जिल्ला अदालतबाट राज्य बिरुद्धको कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको समेत जनाइएको छ ।
प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार
Comments