काठमाडौँ। नेपाल कम्यूनिष्ट पार्टीकी सांसद गंगा चौधरी सतगवाले गुठी विधेययकको नाममा कांग्रेसले भ्रम फैलाउने काम गरेको आरोप लगाए।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद चौधरीले कांग्रेस विधेयकको विषयमा भ्रम सृजना गरी किसानका छोराछोरीको गाँसबाँस खोस्ने काम गरेको बताए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दुखी तथा गरिबहरुको अनुहारमा खुसी देख्न नसकेको भन्दै विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिव भूमिहीन किसानका छोराछोरीको गाँसबाँस खोस्ने प्रयास गरी विधेयक फिर्ता गर्ने खेल खेलेको दाबी गरे ।
चौधरीले गुठी विधेयक फिर्ता भएपछि गुठी पीडित जनतामा ठेस पुगेको साथै गुठी विधेयक फिर्ता लिए पनि गरिब किसानको समस्या ज्यूको त्यू रहेको भने ।
प्रकाशित मितिः २०७६ असार ५ बिहिबार
Comments