भक्तपुर । भोलि राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्न भक्तपुर आउने भएकी छन् ।
शक्तिको देवीको रूपमा मानिने नवदुर्गा नाच अवलोकन गर्न राष्ट्रपति भण्डारी शनिबार दिउँसो २ बजे आउने भएकी हुन् ।
भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर दरवार स्क्वायर, जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा श्री नवदुर्गा पूजा एवं नाच सहितको (द्यो बोयकेगु) कार्यक्रम आयोजना गर्ने भएको छ ।
राष्ट्रपति भण्डारीको प्रमुख आतित्थ्यतामा आयोजना हुने कार्यक्रममा भक्तपुरको मौलिक उत्पादनहरु काष्ठकला, धातुकाला, प्रस्तरकला , संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाँकी लगायतका विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रमहरु समेत प्रस्तुत गरिने भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रजापतिले जानकारी दिए ।
प्रकाशित मितिः२०७६ वैशाख ६ शुक्रबार
Comments