हेटौंडा । तीन नम्बर प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
बिहीबार बसेको बैठकबाट दुईवटा विधेयक पारित गरेसँगै प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।
बैठकमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश मामिला समितिबाट दफाबार छलफलपश्चात् सदनमा पेश गरेको प्रदेशसभाका पदाधिकारी तथा प्रदेशसभा सदस्यहरूको सेवासुविधाको सम्बन्धमा बनेको विधेयक २०७५ माथिको संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो ।
यसै गरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिक्षा, कृषि तथा स्वास्थ्य समितिबाट दफाबार छलफलपश्चात् पेश गरेको प्रदेश सहकारी सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक बहुमतबाट पारित गरिएको थियो ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments