पाल्पा । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान संघ पाल्पाका जिल्ला अध्यक्ष पक्राउ परेका छन् ।
विप्लव नेतृत्वको संघका पाल्पाका अध्यक्ष, नेकपाका जिल्ला सदस्य तथा किसान संघका केन्द्रीय सदस्य समेत रहेका तानसेन नगरपालिका–८ मदनपोखरा निवासी टोपराज बस्याललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बिहानै रिब्दीकोट गाउँपालिकाको भवनमा बम विस्फोट भएपछि उनलाई प्रहरीले पक्राउ गरेको स्थानीयले जनाएका छन् ।
गएको शुक्रबार पनि विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठन, पाल्पाका अध्यक्ष विजय बुढामगरलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको थियो ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments