जनकपुर । प्रदेश नम्बर २ सरकारले जुडशितल पर्वको अवसरमा आज सोमबार प्रदेशमा बिदा दिएको छ । जुडशितल पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ ।
प्रकाशित मितिः२०७६ वैशाख २ सोमबार
Comments