सुदूरपश्चिम । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी कुरा गरेर जनतालाई आतंकित बनाउने र चन्दा आतंक फैलाउनेहरुप्रति सरकार चुप लागेर नबस्ने बताएका छन्।
सुदूरपश्चिम प्रदेशसभालाई बुधबार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विप्लवका गतिबिधिप्रति लक्षित गर्दै भने,‘क्रान्तिका कुरा गरेर जलविद्युत आयोजना बनाउन नदिने, चन्दा आतंक फैलाउने कामप्रति सरकार चुप लागेर बस्दैन।’ उनले यस्ता गतिबिधि आबश्यक समयमा नियन्त्रण गरिने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिको यात्रामा सरकार अघि बढेको भन्दै त्यसका आधारहरु तय भइसकेको बताए। गत वर्षको फागुन ३ मा सरकार गठन हुँदा थुप्रै नीतिगत काम गर्न बाँकी रहेकाले विकासले गति दिन नसकेको भन्दै प्रधानमन्त्री ओलीले अब पुर्णरुपमा काम गरेर देखाउने बेला आएको बताए।
प्रकाशित मितिः २०७५ फागुन ८ बुधबार
Comments