काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी बुहारी एवं खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छन् ।
भाइरल ज्वरोका कारण मन्त्री मगर सोमबार बेलुका ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन् ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ ।
यसैबीच, नेकपा अध्यक्ष दाहालकी पत्नी सीता दाहालको पनि सुमेरु अस्पतालमै उपचार भइरहेको छ । ज्वरोले ग्रस्त सीताको स्वास्थ्यमा सुधार नभएपछि आइतबार अस्पताल भर्ना गरिएको हो ।
पारिवारिक स्रोतका अनुसार अहिले दुवैको स्वास्थ्यमा सुधार भइरहेको छ ।
प्रकाशित मितिः २०७५ माघ ८ मंगलबार
Comments