काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघका ४५ जना केन्द्रीय सदस्यहरुले राजीनामा दिएका छन् । आइतबार बरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत पार्टी सभापति शेरबहादुर देउवालाई उनीहरुले समूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा सह(महामन्त्री हरीहर शर्मा र सदस्यहरु भोला नेपाल, पवन नेपाली, सारदा लामा, कल्पना भट्टराई, उज्जवल राम घिमिरे, पम्फा गान्धारी, सागर प्रसाईं लगायत रहेका छन् ।
राजीनामा बुझाएपछि नेपाल तारासँग कुराकानी गर्दै नेविसंघका केन्द्रीय सदस्य भोला नेपालले यो नेतृत्वले महाधिवेशन गर्न नसकेको अवस्था र विधान वमोजिम समयमा अधिवेशन सम्पन्न गर्न असफल रहेकोले पदमा बसिरहनु औचित्य नरहेको निर्णय गरि राजीनामा बुझाएको बताए
प्रकाशित मितिः २०७५ पुष २९ आइतबार
Comments