काठमाडौं । नेपाली कांग्रेसको कार्यालयमा विघटनको संघारमा पुगेको नेपाल विद्यार्थी संघले नाराबाजी गरेका छन् । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थपघटको विषयलाई लिएर कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको हो ।
आज दिउँसो कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका लागि बोलाएपछि कार्यालय पुगेका विद्यार्थीहरुले कार्यसमिति भंग गर्न नहुने र म्याद थप्न नहुने मत राख्दै नाराबाजी गरेका थिए । बैठकमा भाग लिन आएका नेताहरूलाई लक्षित गर्दै नेविसंघले नाराबाजी गरेको हो । कार्यायलमा सभापति शेरबहादुर देउवा पुगेपछि थप स्थिति तनाव भएको थियो । उनी पुगेपछि दुबै पक्षले चर्को नाराबाजी गरे ।
महामन्त्री कुन्दनराज काफ्ले समूहका केन्द्रीय सदस्य सुशील भट्ट र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेविसंघका पूर्व केन्द्रीय सदस्य दीपक भट्टराई समूहले नेविसंघको महाधिवेशनको सुनिश्चितताका लागि नाराबाजी गरेका हुन् । त्यसक्रममा विद्यार्थीहरुबीच धकेलाधकेल भएको छ । प्रहरीले स्थितिले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर १ शनिबार
Comments