धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदीलाई नियुक्त गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई हटाएको केही समयपछि उक्त स्थानमा कृष्णराज सुवेदीलाई नियुक्त गरिएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदीले मौका पाएका हुन् ।
सुवेदीलाई प्रदेश प्रमुख मोहनराज मल्लबाट आजै पद तथा गोपनीयताको शपथ दिलाउने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सुवेदी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य हुन् । बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् ।
प्रकाशित मितिः २०७५ कार्तिक २७ मंगलबार
Comments