भक्तपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई गुट उपगुटबाट मुक्त गरी पार्टी एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल सम्वत् ११३९, दिपावली र छठको उपलक्ष्यमा आज नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी भित्र गुट उपगुट र आपसी झगडा नभएका भए गएको चुनावमा धेरै राम्रो नतिजा आउने बताए ।
कांग्रेस भित्र एकअर्कालाई हराउने खेलबाट पार्टीलाई धेरै ठूलो समस्या भएकोले चुनावमा हार व्यहोर्नु परेकोे उनको भनाई थियो ।
तर पनि कांग्रेस हारबाट निरासा हुने नभई हारलाई पनि जितमा परिणत गरेर पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजाने सभापति देउवाले प्रतिवद्धता जनाए ।
कांग्रस पार्टी भित्र तलदेखिनै पार्टीलाई एकताबद्ध हुने संस्कार बसाल्नु पर्ने आवश्यक रहेको सभापति देउवाको भनाई थियो ।
प्रकाशित मितिः २०७५ कार्तिक २२ बिहिबार
Comments