काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको प्रशंसा गरेका छन् । उनले अपराध नियनत्रण गर्न योगदान दिएको भन्दै नेपाल प्रहरीको प्रशंसा गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले ६३ औं प्रहरी दिवसका अवसरमा आज आयोजना भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरी देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय भएको बताउँदै कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल प्रहरी सदैव जनताको सुरक्षाको पहरेदार रहेको उल्लेख गर्दै सेवकका रुपमा स्थापित भएको बताए । उनका अनुसार नेपाल प्रहरीले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको छ ।
प्रकाशित मितिः २०७५ असोज २५ गते बिहिबार
Comments