काठमाडौं । उपराष्ट्रपनि नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण सकेर आज बिहान स्वदेश फर्किएका छन् । उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सोमबार बिहान ९ः४५ बजे काठमाडौं स्वदेश फर्किएका हुन् ।
उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महराले स्वागत गरे । उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीनको छेन्दु गएका थिए। उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ सम्बद्ध मुलुकहरुको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गरेका थिए
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments