बुटवल । पार्टीको आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने नेपाली कांग्रेसका महामन्त्री डा शशांङ्क कोइरालाले बताएका छन् । आव पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शशांङ्कले कोइराला परिवारका तीन मध्ये एकको उम्मेदवारी पर्ने बताएका हुन् ।
महामन्त्रीले त्यो एक जना को हो भन्ने भन्ने बारेमा नखुलाएका उनले भने, ‘कोइराला परिवारमा सुजाता, शेखर दा र म बिचमा कुनै मनमुटाव छैन। आगमि महाधिवेशनमा हामीले सल्लाह गरेर एक जनाको उम्मेदवारी दिन्छौ। यो पक्का हो’।
पार्टीलाई आगामी चार बर्षमा सबैभन्दा ठूलो पार्टी बनाएर लैजाने योजना रहेको बताउँदै उनले जिल्ला जिल्लामा नेता कार्यकर्तासंग छलफल परामर्श गरेर उनीहरुकै भावना अनुरुप अगाडि बढिरहेको जानकारी दिए । कोइरालाले मुल्य बृद्धि र कर बृद्धिले जनता मारमा परेको जसले जनतालाइ नागरिक भएर जिउने अधिकार स्थापित गर्न नेपाली कांग्रेस बलियो बन्नु पर्ने धारणा समेत ब्यक्त गरेका थिए ।
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments