काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने स्पष्ट पारेको छ ।
कांग्रेस नेता डा मिनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने प्रष्टयाएका हुन् । निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था नै उचित रहेको उनको तर्क थियो ।
आज काठमाडौंमा आयोजित ‘वर्तमान निर्वाचन प्रणाली कति उपयुक्त’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर निर्वाचनको मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दाबी पनि गरे ।
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments