काठमाडौं । प्रतिनिधिसभाका समितिका सभापतिको निर्वाचन भदौ १७ गते हुने भएको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापति निर्वाचन भदौ १७ गते हुने जानकारी गराएका हुन् ।
उनले विशेष कारणले प्रतिनिधिसभा नियमावलीको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको बताए । यसअघि सभापतिको निर्वाचन भाद्र ५ गते मंगलबार ११ बजेका लागि तोकिएको थियो ।
प्रतिनिधिसभा तर्फ १० वटा विषयगत समिति छन् भने राष्ट्रिय सभामा दुई वटा विशेष समिति छन् ।
प्रकाशित मितिः २०७५ भदौ १ शुक्रबार
Comments