काठमाडौ ४ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ले शुक्रबार बिहान निवास खुमलटारमा भेट गरेकि छिन् । आफ्नो कार्याकाल सकाउन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकि हुन् ।
अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने ‘तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए ।
उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रियालगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेलेका अध्यक्ष प्रचण्डको प्रशंसा गरिन् । उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरता पछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरिन ।
Comments