काठमाडौं ३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा रहेका लोकतान्त्रिक शक्तिहरुलाई मिलाएर लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव गरेको छ।
आज संघीय संसद भवन नयाँ बानेश्वरमा कांग्रेसले बोलाएको छलफलमा कम्युनिष्ट सरकार अधिनायकवादी बनेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिहरु मिल्नु पर्ने धारणा राखेको हो। छलफलमा सहभागी राष्ट्रिय जनता पार्टीका प्रतिनिधिले र नयाँ शक्तिका प्रतिनिधिले तत्कालौ कुनै निर्णय दिन नसक्ने जनाइएको छ ।
कांग्रेसले सरकार विरुद्ध घोषणा गरेको राष्ट्र व्यापी आन्दोलनमा समर्थनका लागि समेत उसले गठबन्धन बनाउने तयारी गरिरहेको जनाईएको छ ।
Comments