काठमाडौ ३ साउन । मेडिकल कलेजको सम्बन्धनलगायतमा भएका अनियमिताबारे छानविन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ४३ जनालाई कारबाही गर्न सिफारिस गरेको छ । तर, यो प्रतिवेदन कार्यान्वयन प्रधानमन्त्री केपी शर्मा ओली कहाँ अड्किएको जनाइएको छ ।
आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन पदाधिकारीलाई बर्खास्त गर्न र कार्यकारी परिषद् सदस्यहसहित केहींलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । अख्तियारका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीसहित चार उपकुलपति र अन्य पदाधिकारी पनि कारबाही सिफारिसमा परेका छन् ।
Comments