मकवानपुर ३ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेताहरुले अहिले सरकारमा बसेर कमाउ धन्दा संचालनमा लागेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले संसदमा पेश गर्ने तयारीमा रहेको चिकित्सा शिक्षासम्बन्धी विधेययकबाट कम्युनिस्ट सरकार कमाउ धन्दामा लागेको पुष्टि भएको तर्क गरेका हुन् ।
कम्युनिष्ट सरकार कमाउ धन्दा गर्नेलाई मात्रै पोस्दै छ। यो कुराको पुष्टी सरकारले संसदमा पेश गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सम्बन्धी विधेययकबाट पुष्टी हुन्छ। अहिले क्वान्टीटी होइन क्वालिटीको शिक्षा आवश्यक हो। क्वालिटीको शिक्षा र स्वास्थ्य कांग्रेसको लक्ष्य हो। तर कम्युनिष्टले माफिया पोस्न लागेका छन्,’ नेता पौडेलले भने। उनले डा गोविन्द केसीका माग जायज भएको भन्दै त्यसका बारेमा डिफेन्स गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए।
Comments