काठमाडौं ३ साउन । नेपाली कांँग्रेसको विधान मस्यौदा समिति आज गठन हुने भएको छ । पार्टीभित्रको गुटबन्दीका कारण बन्न नसकेको समिति काँग्रेस सभापति शेरवहादुर देउवाले आज गठन गर्ने तयारी गरेका हुन् ।
कांँग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुट बीचको आन्तरिक बिवादकै कारण विधान मस्यौदा समिति बन्न सकेको थिएन । सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको आन्तरिक विवाद बुधबार मिलेको छ । मस्यौदा समितिमा बस्ने नेताको नाम पौडेल पक्षले आज उपलब्ध गराउने भएसँगै आजै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको छ ।
महामन्त्री पूर्णवहादुर खड्काको संयोजकत्वमा ७ देखि ९ सदस्यीय समिति गठन गर्ने तयारी रहेको सभापति शेरबादुर देउवा निकट नेताहरुले बताएका छन् । समितिले आगामी भदौमा हुने महासमिति बैठकमा विधानको मस्यौदा पेश गर्नेछ ।
Comments