काठमाडौं, १० असार । छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओली यही असार ५ गते चीनको औपचारिक भ्रमणमा गएका थिए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको थियो ।
यसैबीच सरकारले चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताएको छ ।
Comments