भक्तपुर, ८ असार । सूचना प्रविधि तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकाशका कामा सत्ता पक्ष र प्रतिपक्ष नबन्न सबैलाई आग्रह गरेका छन् ।
सूर्यविनायक नगरपालिकाको तेस्रो नगरसभाको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बिकसा निमार्णको पाटोमा सबै एक भएर अघि बढ्न आग्रह गरेका हुन् । जनप्रतिनिधिको आगमनसँगै कम बोल्ने र कामलाई पहिलो प्राथामिकतामा राख्न नसके पाँच बर्ष पछि फेरी जनताले त्यसको परिणाम देखाउने भन्दै सामाजिक रुपमान्तरणका लागि आर्थिक रपान्तरण महत्वपूर्ण रहेको समेत उनले बताए ।
उनले भ्रष्टाचार नेपालको रोग भएकाले यसलाई निराकरण गर्न सबै जनप्रतिनिधि लाग्नु पर्नेमा जोड दिए ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०७५/०७६को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाँच वर्षभित्र नगरलाई समुन्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।
थापाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका विकाशका पूर्वाधार निर्माणमा एकवर्षमा धेरै प्रगति भएको जानकारी दिएका छन् ।
कार्यक्रममा संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद शसिजंग थापा, समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाललगायतले भक्तपुरको विकाशमा सबै एक भएर अघि बढ्नु पर्नेमा जोड दिइका थिए ।
Comments