काठमाडौ । एमाले र माओवादी केन्द्र बीच आज एकता हुनेभ एको छ । यसका लागि आबश्यक प्रक्रियामा दुबै पार्र्टी अघि बढ्दै तयारी गरिरहेको पाइएको छ । दुई पार्टीबीच मदन आश्रित स्मृति दिवसको अवसर पारेर आज एकता घोषणा गर्न लागिएको हो ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको भेटवार्ता पछि विहिबार (आज) पार्टी एकता गर्ने सहमति भएको थियो । दुई नेताबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकताका लागि भागवण्डा मिलेपछि पार्टी एकता घोषणा गर्ने निर्णय भएको हो ।
दुई नेताकाबीचमा भएको सहमति अनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय भएको छ भने चुनाव चिन्ह सूर्य रहने छ । एकिकृत पार्टीमा केन्द्रीय कमिटी ४४१ सदस्यीय बन्ने छ। जसमध्य नेकपा एमालेका २४१ र माओवादी केन्द्रका २ सय सदस्य हुनेछन् । स्थायी सदस्य ४३ जना रहने र त्यसमा एमालेकाल २५ र माओवादी केन्द्रका १८ सदस्य रहनेछन।
दुई पार्टीका अध्यक्षबीच बुधबार भएको भेटमा दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएपछि बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थायी समिति तथा माओवादी अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारीत बैठकले पार्टी एकता गर्न निर्णय गरेको प्रवक्ता पम्पा भुषालले जानकरी दिइन ।
आज एकता घोषणा हुँदै, नाम नेकपा, चुनाव चिन्ह सूर्य
0
Share.
Comments