गुल्मी, ६ बैशाख । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले युवाहरु अब विदेशिनु नपर्ने बताएका छन् ।
गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले देशमा पर्याप्त रोजगारी सिर्जना गर्न सरकार लागि रहेको बताएका छन् । “अब युवा अरबमा भेडा चराउन जानु पर्दैन” उनले भने, “गाउँमै हजारौँ रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ ।”
मन्त्री विष्टले गुल्मीका दर्जनौं सडकको स्तरोन्नति गर्दै, प्रत्येक जनताको घरमा केन्द्रीय विद्युत्, हरेकको घरमा खानेपानीका धारा, खरका छाना हटाई सुरक्षित आवास दिन र किसानका खेतमा सिँचाइलगायतका व्यवस्था गर्न नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताए ।
मन्त्री विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन् ।
उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताएका छन् ।
युवाहरु अब विदेशिनु पर्दैन : मन्त्री विष्ट
0
Share.
Comments