काठमाडौं, ३ बैशाख । चैत मसान्तमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट काठमाडौं फर्किएपछि शिथिल बन्दै गएको एकता प्रक्रियाले गति लिने भनिएपनि अहिले त शिर्ष नेतावीच सम्वाद नै हुन छोडेको देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली रारा जाने तयारीमा रहेकाले शुक्रबार र वैशाख १ शनिबार दाहालसँग कुनै सम्वाद नभएको स्रोतले बतायो । यसवीचमा पनि एकिकृत पार्टीमा कसको कति स्थान रहने भन्ने बहस नटुंगिएकाले एकता तयारी सुस्ताएको बताईएको छ ।
अहिले माओवादी केन्द्रका नेताहरुले ५० ५० को भागबण्डा भएमात्र एकता हुनसक्ने बताईरहेका छन् त्यस्तै एमालेका नेताले पनि माओवादीसँग त्यस्तो सहमति नभएको भन्दै माओवादी नेताका भनाईको खण्डन गरिरहेका छन् । एमाले नेता झलनाथ खनालले भर्खरैमात्र माओवादीसँग पचास पचासको भागबण्डा गर्ने सहमति नै नभएको दावी गरेका छन् । यसरी एमाले र माओवादी केन्द्र भागबण्डाको बिषयमा दोहोरीमा उत्रिएकाले यी दुइ दलवीचको एकता सम्वादहिनतामा पुगेको विश्लेषण गरिँदैछ ।
समाचार सूत्रका अनुसार दुई दलका नेताबीच पार्टी एकताको विषयमा विगत नौ दिनदेखि संवादसमेत भएको छैन। पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई कार्यदलले केही विषय मिलाउन बाँकी राखेर प्रतिवेदन बुझाए पनि बाँकी विषय मिलाएर पार्टी एकता टुंग्याउने विषयमा दुवै दलका नेता गम्भीर नदेखिएका सूत्रले बताएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता घोषणा गर्ने तयारी गरेका दुई दलले नेताहरुको व्यवस्थापन एकीकिृत पार्टीका बकमिटीमा कुन दलबाट कति जना रहने तथा चुनाव चिन्ह र जनयुद्धको विषयमा विवाद हल गर्ने तयारी गरेका थिए।
तर, दुवै दलले त्यसयता आवश्यक छलफल तथा तयारीका लागि चासो नदेखाएकाले प्रक्रिया लम्बिएको बुझिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता घोषणा गर्ने तयारी गरेका दुई दलले नेताहरुको व्यवस्थापन एकिकृत पार्टीका कमिटीमा कुन दलबाट कति जना रहने तथा चुनाव चिह्न र जनुयुद्धको विषयमा विवाद हल गर्न नसकेपछि ९ वैशाखमा एकता गर्ने तयारी गरेका थिए। तर दुवै दलले त्यस यता आवश्यक छलफल तथा तयारीका लागि चासो देखाएका छैनन्।
Comments