काठमाडौं ५ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुसँग लिखित सम्झौता नगरे सरकारमा सहभागी नहुने बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित प्रतिबद्धता गर्न सुझाव दिएका छन् । यादवले संविधान संशोधन लगायत अन्य मुद्दामा सरकारले लिखित प्रतिबद्धता नजनाए सरकारमा नजाने भक्तपुरन्युजसँग बताए ।
Comments