काठमाडौं, २८ फागुन । राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सेनालाई बनाउने एमालेले निर्णय गरेको छ । एमाले शीर्ष नेताहरुको आज बसेको बैठकले उनलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तिमल्सिना एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । अध्यक्षका अर्का आकांक्षी परशुराम मेघी गुरुङ भने राष्ट्रिय सभाको प्रमुख नेता हुने छन् । कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने तयारी गरेको छ । यद्यपि औपचारिक निर्णय भएको छैन ।
गठबन्धनको निर्णयसँगै आज उनले मनोनयन दर्ता गराउँदैछन् । राष्ट्रिय सभामा कुल ५९ जनामध्ये ५६ जनाले मात्र भोट हाल्न पाउँछन् । एमालेबाट २७, कांग्रेस १३, माओवादी १२, फोरम दुई र राजपा दुई सदस्य छन् ।
तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने एमालेको निर्णय
0
Share.
Comments