काठमाडौं, ५ माघ । नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् । सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन् ।राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखलाई आज अपराह्न ४ बजे शपथग्रहण गराउन लागिएको जानकारी दिएको छ ।
बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यसको २ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई शपथग्रहण गराउन लागेकी हुन् ।
संविधानले केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिनु पर्ने व्यवस्था गरेको छ ।
प्रदेश प्रमुखको सपथ दिउँसो ४ बजे
0
Share.
Comments