भक्तपुर, ४ माघ । प्रदेश राजधानीका बिषयलाई लिएर सरकारले गरेको निर्णय प्रति आक्रोश पोख्दै भक्तपुरको सानो थिमिमा एक घण्टा चक्का जाम गरिएको छ ।
भक्तपुरलाई तीन नं प्रदेशको राजधानीका रुपमा लिएता पनि सरकारले मकवानपुरलाई तीन नं प्रदेशको राजधानीका रुपमा घोषणा गरेपछि सांकेतिक रुपमा एक घण्टे चक्का जाम गरिएको हो ।
जनमतबाट बहिष्कार भएको वर्तमान सरकारले गरेको प्रदेश राजधानी अव बन्ने सरकारका लागि मान्य नहुने भन्दै प्रतिनिधिसभा सदस्य एवं एमाले युवा नेता महेश बस्नेतले कमल थापाले शक्तिको भरमा सरकारलाई दबाब दिएर गरेको प्रदशे राजधानी प्रदेशसभाको दुइ तिहाई मतले भक्तपुर नै कायम गर्ने बताए ।
उनले भने भक्तपुरलाई तीन नं प्रदेशको राजधानी घोषणा गर्नेमा समेत सबैको सहमत रहेकोमा वर्तमान सरकारले अन्य स्थानलाई घोषणा गरि बिबाद श्रृजना गरेको बताए ।
भक्तपुर क्षेत्र नं दुई क एक तर्फबाट बिजेता प्रदेश तर्फका सभाषद शसीजंग थापाले सरकारले भक्तपुर १३ जिल्लाकै लागि पाएक र भौतिक रुपमा समेत सम्पन्न रहनुका साथै सबैका लागि मान्य हुने स्थान भएता पनि यसको ख्याल नगरि राजधानी तोकेर बिबाद श्रृजना गरेको बताए ।
उनले भने सरकराले गरेको निर्णय आफूहरुका लागि मान्य नएको र चरण बद्धरुपमा अन्दोलन समेत गर्ने बताए । सरकाले तोकेको तीन नं प्रदेशको राजधानीलाई प्रदेशसभाको दुई तिहाई बहुमतले धोती लगाउँदै भक्तपुरलाई नै राजधानी कायम हुने बताए ।
एक घण्टे चक्का जाम अन्दोलन कार्यक्रमा बिरोधको संकेत मात्र भएको र सरकाले बेलमै यसलाई नसच्चाई भोलीबाट चर्कोरुपमा अन्दोलन गर्ने मध्यपुर नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।
प्रदेश राजधानी घोषणाको विरोधमा सानो थिमिमा जक्काजाम
0
Share.
Comments