भक्तपुर, २ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भुकम्प पीडितका लागि आएको रकम सरकारमा गएका नेताहरुले चुनाव खर्चमा लगानी गरेको बताएका छन् ।
२० औं भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको सयुंक्त आयोजनामा एक दिने शैक्षिक मेला अवलोकनमा आएका बिजुक्छेंले बिदेशीहरुले भुकम्प पिडितका लागि रकम सहयोग नगरेको वा सहयोग गरेको भए भूकम्प पश्चात सरकारमा गएका नेताहरुले उक्त रकम निर्वाचनमा खर्च गरेको आरोप लगाए ।
उनले उपत्यकाभित्रको पुर्ननिर्माण दुई बर्ष भित्रै सकिनु पर्ने भएता पनि राजनीतिक खिचातानी र पुर्ननिर्माणको रकमको दुरुपयोग भएकै कारण निर्माणले चुस्त गति लिन नसकेको बताए ।
नेपालको शिक्षालाई उत्पादन र श्रमसँग मिलाएर लानु पर्ने र ब्यवहारमुखि बनाउनु पर्ने भन्दै उनले भने बिदेशबाट सामान ल्याउँदा त्यसको ल्याव परिक्षण गरेर ल्याउँनु पर्छ तर हाम्रो देशको हकमा त्यो लागू हुन नसकेको उनले बताए ।
भक्तपुरको टौमढीमा आयोजना गरिएको उक्त शैक्षिक मेलामा कलेजमा अध्ययनरत बिद्यार्थीहरुले तयार पारेको बिभिन्न भौतिक संरचनाका साथै आधुनिक बिद्युतिय उपकरणका नमुनाहरु प्रदर्शनमा राखिएको छ ।
भूकम्प पीडितका लागि आएको रकम नेताले चुनावमा खर्च गरेको बिजुक्छेंको आरोप
0
Share.
Comments