वीरगञ्ज २९ मंसिर । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले कामचलाउ सरकारले जाँदा जाँदै गरेको सबै खालका निर्णय आफूहरु स्विकार नगर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले वाम गठबन्धनका बहुमत आइसकेकोले सरकारले जाँदा जाँदै गरेको निर्णय स्विकार्य नहुने बताएका हुन् । बाम गठबन्धनको सरकार बन्ने निश्चित भएता पनि बिना कुनै सल्लाहा गरिएका सरुवा बढुवा र प्रदेशको नियुक्तिले बिबाद बढाउने समेत उनले बताए ।
सरकार गठबन्धनका बिषयमा बामगठबन्धनमा कुनै बिवाद नभएको भन्दै प्रधानमन्त्रीका बिषयमा भने उनले कुनै करो भनेन् । अवको नेपाल आर्थिक समृद्धिको बाटो तर्फ लाग्ने उनेको भनाई छ ।
Comments