काठमाडौँ, ३० असोज । नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच (आज) सोमबार पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन ।
काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, आज औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिने काग्रेसका नेता महेश आचार्यले बताए ।
Comments