मकवानपुर, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आजबाट हेटौंडामा सुरु भएको छ । बैठक भदौ ४ गतेसम्म सञ्चालन हुने छ ।
बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन, प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसदको निर्वाचनका विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा छलफल गरिने भएको पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले जानकारी दिए ।
पार्टीको विभाजनलगत्तै हेटौंडामा सञ्चालन हुने यो विशेष बैठक भएको महामन्त्री बड्तौलाले बताएका छन् ।
राप्रपा केन्द्रीय समितिको बैठक हेटौंडामा सुरु
0
Share.
Comments